मङ्सिर ३०, सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । आज गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका हुन् ।गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो।बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि उपस्थित रहेका थिए । पैसा नपाएपछि उखु किसानहरू आन्दोलनमा उत्रिएका छन् ।
उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय
0
Share.