मङ्सिर ३०, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश तुरुन्तै खारेज गर्नुपर्ने बताएका छन् ।अध्यादेश ल्याएर सरकारले असंवैधानिक हर्कत गरेको भन्दै प्रचण्डले आरोप लगाएका छन्।प्रचण्डले लोकतन्त्रको उपहास हुनेगरी ल्याइएको अध्यादेश फिर्ता लिनसमेत माग गरेका हुन् । प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भएको भन्दै उनले पार्टीमा समेत छलफल नभएको बताएका छन् । यस्तो गर्नु लोकतन्त्रको उपहास रहेको उनको दाबी छ ।प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा अध्यादेश आएको बताएका छन् ।
अध्यादेश तुरुन्तै खारेज गर्न प्रचण्डको माग
0
Share.