play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

 हिउँदे अधिवेशन बोलाउन सम्पूर्ण तयारी पूरा

0

३० मंसिर २०७७,

संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन सञ्चालनको तयारी पूरा भएको जनाएको छ ।संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको बताउनुभयो ।संविधानः १८ पुसभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यता छ ।सरकारले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आव्हान गर्नै संवैधानिक व्यवस्था छ ।संसद कहिले आव्हान हुन्छ भन्ने यकिन भने भइसकेको छैन ।संवैधानिक व्यवस्थाअनुसार समय नगुज्रने गरी बैठक बोलाउने तयारी सरकारको छ ।गत १८ असारमा संसदको बजेट अधिवेशन अन्त्य भएको थियो ।संविधानमा एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी स्वाथ्य मन्त्रालयको दिएका निर्देशनहरू पालना गर्ने गरी बैठक सञ्चालन गर्ने तयारी गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।लामो समयपछि सञ्चालन हुन लागेको संसदमा विपक्षी दलहरूले सरकारविरुद्ध आवाज उठाउँदै आउका छन् ।एकातिर सरकारले संसदमा विपक्षी दलको समाना गर्नुपर्ने छ भने अर्कातिर साभामुखलाई पनि थाती रहेका मह्वपूर्ण विधेयकलाई टुंगोमा पुर्‍याउने चुनौती छ ।सभामुख अग्नि सापकोटाले पनि त्यस्ता चुनौतीतर्फ संकेत गर्दै संसदको सुधारका योजनाहरु सार्वजनिक गर्ने बताउँदै आउनुभएको छ ।

Share.

Leave A Reply