play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

मल खरिदको सम्झौता गर्न नेपाली टोली बङ्गलादेश जाँदै

0

मंसिर ३०, २०७७ मंगलबार
बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाँदै छ ।
५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाली सरकारी टोली बिहान ९ बजे त्यसतर्फ जाने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेपाल र बंगलादेशबीच ९जीटुजी ० मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली त्यसतर्फ जान लागेको हो ।बंगलादेश जाने टोलीमा कृषि मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी हुनुहुन्छ । बंगलादेशसँग मल ल्याउने सम्झौता भएपछि मात्रै खरिदको अन्तिम मूल्यबारे थाहा हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने उहाँले जानकारी दिनुभयो । ढुवानीका लागि कम्पनीले गएको असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स यूएई को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गएको भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो ।बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

Share.

Leave A Reply