play_circle_outline On Air

पेन फ्रेन क्लब

play_circle_outline On Air

पेन फ्रेन क्लब

काठमाडौं उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो

0

 मंसिर ३० ।

काठमाडौंमा मंगलबार आज यस वर्षकै चिसो भएको छ ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।सोमबार काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो ।तत्काल मौसम बद्ली भएर बादल लाग्ने सम्भावना नरहेकाले न्यूनतम तापक्रम घट्न सक्ने मौसमविद्ले बताएका छन् ।मंगलबार काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने हुँदा दिउँसोको समयमा भने तातो न्यानो हुनेछ ।मंगलबार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ ।पहाडी क्षेत्रको मौसम मंगलबार सफा रहे पनि तराइका क्षेत्रमा भने हुस्सु र कुहिरो लागेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।प्रदेश १ र २ मा आज दिनभरि नै हुस्सु कुहिरो लाग्ने सम्भावना छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने दिउँसो पनि हुस्सु हट्ने अनुमान छ ।

Share.

Leave A Reply