सरकारसँग उखु किसानका दुई सर्त, दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल

0

मंसिर ३०, २०७७ मंगलबार
सरकारले उखु किसानका मागबारे दिउँसो १ बजे गृह मन्त्रालयमा छलफल हुँदै छ ।
उखु किसानले पैसा पाउने ग्यारेन्टी नभएसम्म वार्तामा नबस्ने अडान राखेपछि आज छलफल गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले छलफल गर्न लागेका हुन् । तीनै मन्त्रालयका मन्त्री सहभागी हुने बैठकले उखु किसानको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्ने उद्योग मन्त्रालयका प्रवक्ता डाक्टर नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

पैसा नपाउञ्जेल सडकबाट नहट्ने अडान राखेका उखु किसानले आज पनि आन्दोलन थालेका छन् । काठमाण्डौको माइतीघर मण्डलामा अघि बिहान ११ बजेदेखि सुरु भएको आन्दोलन दिउँसो ३ बजेसम्म हुने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो ।सडकमा नै उखुको बाँकी भुक्तानी नपाएसम्म घर नफर्किने उहाँले बताउनु भएको छ । रकम भुक्तानीका लागि किसानले दुई सर्तअघि सारेका छन् । सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनु पर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएपछि उद्योगीबाट सरकारले पैसा असुल्नु पर्ने किसानको सर्त छ ।उखु किसानले गएको आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् । पोहोर आन्दोलनपछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले फेरि दोस्रो पटक आन्दोलन थालेका हुन् । किसानले झण्डै ८९ करोड रुपैयाँ चीनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको दाबी गरेका छन् ।

Share.

Leave A Reply