play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित

0

मंसिर ३०, २०७७ मंगलबार 
संवैधानिक परिषद्को बैठक बेलुका पाँच बजेसम्मका लागि स्थगित भएको छ ।प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बेलुका ५ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । बिहान प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपूरक संख्या पुगेन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै छलफल नै नगरि बैठक बोलाएको भन्दै सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु भएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो ।संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्ने जस्तो विषयमा छलफल गर्न कुनै तयारी नगरि बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित हुनु भएको न्यौपानेले बताउनुभयो । बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित हुनु भएको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ । उपसभामुख नरहेको र सभामुख सापकोटा बैठकमा नगएपछि गणपूरक संख्या पुग्न नसकेको हो ।तयारी नपुगेर अनुपस्थित भएको बताइए पनि नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा बैठकमा नजानु भएको आशंका गरिएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छ । यी पदपूर्तिका लागि भन्दै बैठक बोलाइएको थियो ।

Share.

Leave A Reply