play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

शिर्ष स्थानमा रहदै राप्ती गौतमवुद्ध कपको फाइनलमा, उपाधी भिडन्त भोलि हुने

0

मङ्सिर २९, गौतम बुद्ध कप क्रिकेटको सोमबारको खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक बलअघि भेट्याे । खेल नारायणीको पक्षमा गए पनि अन्तिम ओभरमा दिपेश श्रेष्ठले दुई वटा नो बल फ्याकेपछि राप्तीलाई सहज भएको थियो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ र कमल सिंहले अविजित २४ रन बनाए ।गौतम बुद्ध क्रिकेट मैदान चितवनमा यसअघि पहिले ब्याटिङ गरेको नारायणीले आठ विकेट गुमाएर एक सय ३८ रन बनायो । किशोर महताले ३६ र करण केसीले ३२ रन बनाए । नारायणीलाई मध्यम स्कोरमा समेट्न राप्तीका अविनाश बोहरा र सूर्य तामाङले दुई/दुई विकेट लिए ।प्रतियोगिताको फाइनलमा मङ्गलबार राप्ती र नारायणी नै खेल्ने छन् । कोरोना महामारीपछि बन्द रहेको घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगको लागि वाग्मती क्रिकेट सङ्घले प्रतियोगिता आयोजना गरेको छ ।

Share.

Leave A Reply