play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

सरकार बिरुद्ध कांग्रेस चितवनको भरतपुरमा प्रदर्शन (फोटोफिचर)

0

मंसिर २९,चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनलको आयोजनामा याहा पनि प्रदर्शनी भएको छ । भरतपुरको चौविसकोठि बाट विभिन्न नारा र नारा सहित निकालिएको ¥याली पुर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बजारको पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो । यो सभालाई नेपाली काग्रेशका केन्द्रीय सदस्य डा. रामशरण महतले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा उनले कम्युनिष्टको सरकारले विकृती ल्याएको बताए । सरकारको सबैले आलोचना गर र यही सरकारका कारण राजावादीहरु पनि सलबलाएको उनको आरोप थियो । नागरीक समाज लगायत धेरै क्षेत्र बाट सरकारको विरोध हुदै गर्दा पनि कोभिडको महामारीमा सरकारको साथ दिदै सडकमा नआएको उनले बताए । उनले नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सम्झौता हुनुपर्ने तर अहिलेको सरकारले चीनका कारणले गर्दा सम्झौता नगरेको समेत आरोप लगाए ।

सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको, सरकारले सर्वसत्तावादी प्रवृती देखाएको, कोरोना नियन्त्रणमा असफल भएको भन्दै कांग्रेसले गरेको विरोध प्रदर्शनमा सहभागिता बढाउन आयोजकले ग्रामीण क्षेत्रमा प्रचार–प्रसार व्यापक बनाएको थियो । सहभागीता बढाउन वाडवाडमा यातायतको व्यवस्था पनि गरिएको थियो ।

आयोजकले ¥यालीमा १० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन । तर, जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी सूर्यबहादुर थापाका अनुसार प्रहरीको रिपोर्टमा ¥यालीमा सहभागीको संख्या पच्चिसय देखि तीन हजार सम्म उल्लेख छ ।

नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलेका अनुसार सबै मानिसहरु अहिलेको सरकार संग वितृष्ण भएकाले सडकमा आएका हुन । हामीले कार्यक्रमको आयोज मात्र बनेका हौ उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चितवनको भरतपुरमा सडकनै अवरुद्ध गरेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो जसले गर्दा झण्डै डेढ घण्टा पूर्व पश्चिम राजमार्गमा ट्राफिक व्यवस्थापनामा समेत समस्या भएको थियो ।

Share.

Leave A Reply