दाहाललाई  फकाउँदैं प्रधानमन्त्री ओली, नेपालको साथ छाड्न आग्रह

0

२९ मंसिर २०७७,

नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ ।अध्यक्ष ओलीले दाहाललाई सहयोगीमार्फत र बालुवाटारमै बोलाएर आफूसँग मिल्न दबाव दिनुभएको थियो ।उहाँले यसअघि पनि असन्तुष्ट नेताहरुलाई फकाउन प्रयास गरेपनि बैठकबाटै समस्या समाधान गर्ने अडान लिएपछि ओलीको प्रयास सफल हुन सकेको छैन ।ओलीले यसअघि उपाध्यक्ष बामदेव गौतम र अध्यक्ष दाहाललाई फकाउन गरेको प्रयास असफल भएको छ । उहाँले वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोड्न आग्रह गर्नुभएको थियो ।ओलीको कार्यशैलीको विरोधमा नेकपा सचिवालय र स्थायी कमिटीमा असन्तुष्ट पक्षको बहुमत भएसँगै ओलीले नेताहरुलाई फकाउन थाल्नुभएको छ ।अध्यक्ष दाहाललाई फकाउन महासचिव विष्णु पौडेल, इश्वर पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरुले गरेको प्रयास सफल हुन सकेको छैन ।दुवै अध्यक्षले एक अर्काप्रति आरोपप्रत्यारोप गरेर छुट्टा छुट्टै प्रस्ताव सचिवालय बैठकमा दर्ता गराएपछि नेकपाको विवाद थप बढेको थियो ।गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले ओलीलाई विभिन्न आरोप लगाएर प्रस्ताव पेश गरेपछि त्यसको जवाफ अर्का अध्यक्ष ओलीले १० दिनपछि दिनुभएको थियो ।दाहालको प्रस्ताव पेश भएपछि उक्त प्रस्ताव पार्टी कमिटीमा छलफल नै नगर्न ओलीले गरेको जोडबल सफल नभएपछि पत्रको जवाफ पेश गर्नुभएको थियो ।दुवै प्रस्तावमा अध्यक्षद्वयले एकअर्कालाई आरोप लगाएपछि नेताहरु विभाजित भएका थिए ।त्यसयता लगातार एक अर्काका प्रस्ताव खारेज गर्न शीर्ष नेताहरुले गरेको प्रयास असफल भएपछि विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाइयो ।त्यसयता मंसिर २१ र २७ गते बसेका बैठकमा दुवै प्रस्तावमाथि छलफल भएको छैन ।

Share.

Leave A Reply