play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने

0

२९ मंसिर २०७७, सोमबार 
नेपाली काँग्रेसका महामन्त्री डा। शंशाक कोइरालाले काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने बताउनुभएको छ ।आज विराटनगरको कोइराला निवासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले दुई वर्ष अघि शेरबहादुर देउवाले आफूलाई १४ औं महाधिवेशनमा सभापति बनाउने वचन दिएको खुलासा गर्नुभयो ।काँग्रेस महाधिवेशन फागुनमा हुन नसक्ने पनि उहाँले बताउनुभयो । कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताउनुभयो।महामन्त्री कोइराला आज मोरङमा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न हिजो विराटनगर पुग्नुभएको थियो ।

Share.

Leave A Reply