ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमति

0

मंसिर २९, २०७७ सोमबार
ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमति भएको छ ।
डिसेम्बर ३१ सम्म सम्झौता हुन नसकेमा विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको बताउनुभएको छ । दुवै जनाबीच सुल्झिन बाँकी केही मुद्दामा पनि कुराकानी भएको बीबीसीले जनाएको छ ।जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर हिजोसम्मको समय तोकिएको थियो । यद्यपि बेलायतका विदेशमन्त्री डोमिनिक राबले वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताउनुभएको थियो ।बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गएको मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय डिसेम्बरको अन्त्यमा सकिनेछ ।

Share.

Leave A Reply