खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

0

मंसिर २९, २०७७ सोमबार
खोटाङ र उदयपुर जोड्ने सुनकोशी, फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
पूर्वी सहरसँग जोड्ने दिक्तेल(गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका(९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका(५ आँपटार जोड्ने सुनकोसी फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।गाईघाट(दिक्तेल सडक आयोजनाको झण्डै ८४ लाख रुपैयाँ लागतमा रेग्मी निर्माण सेवा गाईघाटले गएको मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिब्रिज हिजोदेखि सञ्चालनमा आएको गाईघाट(दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।हिउँदभरि सञ्चालन गर्ने गरी बेलिब्रिज जडान गरेसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका सहर जाने दोश्रो र छोटो बाटो खुलेको छ । फोक्सिङटारमा बेलिब्रिज नहुँदा खोटाङका बासिन्दा दिक्तेलबाट घुर्मी कटारी हुँदै पूर्वी सहर आउने र जाने गरेका थिए ।फोक्सिङटारमा निर्माणाधिन पक्की आर्क डिजाइनको पुल निर्माणको काममा ढिलासुस्ती हुँदै आएको छ । पक्की पुल नबनेपछि विगत ५ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको हो ।

Share.

Leave A Reply