play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

कर सम्बन्धी परामर्श दिन रत्ननगरमा सजिलो कर सेवा

0

सिनर्जी डेक्स, २८ मंसिर 

चितवनको रत्ननगरमा कर सम्बन्धी परामर्श दिने उद्धेश्यले सजिलो कर सेवा संचालनमा आएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १०, बकुलहर चोकमा रहेको कार्यालयको वागमती प्रदेश सभा  सदस्य कृष्ण खनालले एक कार्यक्रमका विच उद्धघाटन गर्नु भएको थियो । कार्यलयको उद्धघाट गर्दै  खनालले पूर्वी चितवनमा पछिल्लो समय व्यवसाय गर्नेको सख्या बढ्दै गएको र व्यवसयलाई थप विस्तार गर्न यो  कार्यलयले सहयोग पुग्ने बताउनु भयो । नयाँ व्यवसाको सुरु गर्ने व्यवसायीहरुलाई यसले सहजीकरणको भुमिका निवार्ह गर्ने उहाँको विश्वास छ । उहाँले भन्नु् भयो –’यो कार्यलयले नाम जस्तै गरि सजिलै संग सबैमा सेवा प्रदान गर्ने छ, जसले यहाँका व्यवसायीहरुलाई निकै ठुलो राहत मिल्छ । ‘

रत्ननगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष केशव आचार्य र ११ का वडा अध्यक्ष शसी भक्त न्यौपानेले समेत उद्धघाटनको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यलयको सञ्चालन संगै अब यस क्षेत्रका मानिसहरुलाई कर संग सम्बन्धि समान्य समस्याका लागि पनि भरतपुरनै जानुपर्ने बाध्यता हटेको छ । सजिलो कर सेवा  कार्यालय मार्फत ट्याक्स, प्यान र भ्याट कर दाताहरुको मासिक, चौमासिक तथा वार्षिक विरण नेटबाट राखिने छ । लेखा सम्बन्धि सफ्टवेयर कार्य, कम्पनी, प्राईभेट लिमिटेड र घरेलुहरुको नयाँ दर्ता  नविकरण देखि खारेजीको काम हुने छ ।  संस्थाका संस्थापक युवराज अधिकारीकाका अनुसार यहाँ बाट कर तथा लेखा सम्बन्धी परामर्श देखि तालिम समेत प्रदान गरिने छ । यस क्षेत्रका विद्यार्थीहरुलाई  प्रयोगात्मक ढंगबाट दक्ष बनाई रोजगारीको समेत व्यवस्था मिलाउने कार्यलयको उद्धेश्य छ । राज्यले करलाई प्राथमीकतामा दिदै आएको छ , अधिकारीले भन्नु भयो – ‘व्यवसाय संगै समाजको सुधार , कर शिक्षको विकासका लागी पनि हामीले काम गर्ने छौ । त्यस अनुसार देशै भरी सजिलो कर सेवाको कार्यलय लैजाने उद्धेश्य हो ।’ सजिलो कर सेवाकाको भरतपुरमा मुख्य कार्यलय छ ।

सेवा कार्यलयका  व्यवस्थापन टिमका सदस्य प्रमोद पाण्डेका अनुसार बित्तिय क्षेत्रका व्यत्तिहरु सहित, वकिल र आईटि क्षेत्रका ११ जना व्यक्तिहरु सजिलो कर सेवा को टिममा रहनु भएको छ ।

Share.

Leave A Reply