play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

बिडीसीको रक्तदान कार्यक्रम सम्पन्न ,६६ जनाद्धारा रगत प्रदान

0

म्ंसिर २८,चितवन । पछिल्लो समय चितवन लगाएत देशै भरि भईरहेको रगतको अभाब लाई ध्यानमा राख्दै ब्लड डोनर्स कम्युनिटी समुह तथा नेपाल रेडक्रस सोसाईटि मंगलपुर शाखाको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ६६ जनाले रगत प्रदान गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि सामेत रहेका नेपाल रेडक्रस सोसाईटि चितवन शाखाका सभापति ज्ञानसाली न्यौपालेले रगतको अभाव लाई मध्यनजर गर्दै यस्ता संघसंस्था तथा समाजसेवीले गरेको यस काम प्रति खुसी लागेको बताए । उक्त रक्तदान कार्यक्रममा नेपाल प्रहरीका ७ जनाले पनि रगत प्रदान गरेका थिय ।

कार्यक्रम ब्लड डोनर्स कम्युनिटी नेपाल रेड्क्रस सोसाइटी उपसाखा मङलपुर , सिर्जनशिल टोल बिकास सस्था, गा बि स टोल बिकास सस्था को संयुक्त आयोजना तथा द टिम माउन्ट एभरेस्ट र सन्देश फाउन्डेसन नेपालको संयुक्त सहयोगमा भएको हो । कार्यक्रमा उपस्थित भएर रगत प्रदान गर्न आयोजकले ईच्छुक व्यक्तिहरुलाई आग्रह पनि गरेको थियो ।

रगतको अभावका कारण कसैको ज्यान नजाओस भन्ने उदेस्यले रक्तदान कार्यकम गरिएको आयोजकले जनाएको छ । दुर्घटनामा घाईते भएका बिरामिका लागि सबै भन्दा बढि रगत चाहिने यसै विभिन्न किसिमका सल्यक्रिया गर्नुपर्ने बिरामिका लगि रगत चाहिने हुन्छ ,चितवनमा अहिले केन्द्रिय स्तरको भरतपुर अस्पताल , यसै गरि बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल तथा २ ठुला मेडिलक कलेज र २० भन्दा बढि निजि स्तरका अस्पतालहरु रहेका छन ।.

Share.

Leave A Reply