play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

हिमालयको महत्व बुझेर सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

0

२८ मंसिर २०७७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो ।

भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन सबैमा अपील गर्नुभयो ।यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गर्नुभएको छ ।महासचिव गुटरेसले वातावरण मैत्री तथा जलवायु परिवर्तनको प्रभाव कम हुने खालको विकासका लागि गरीब राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिबद्धताबाट धनी राष्ट्रहरु पछि हटेको आरोप लगाउनुभएको छ ।यसअघि धनी राष्ट्रहरुले सन् २०२० देखि वार्षिक सय बिलियन अमेरिकी डलर बराबरको रकम गरिब देशमा स्वच्छ विकास र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सहयोग गर्ने वचन दिएका थिए ।पेरिस जलवायु सम्झौताको पाँच वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलनमा जलवायु वित्त विज्ञहरुले प्रस्तुत गरेको प्रतिवेदन अनुसार यो वर्ष वाचा गरिए अनुसारको सहयोग रकम पूरा हुने छैन ।यस्तै विकसित वा धनी देशहरुले कोभिड १९ का कारण उत्पन्न भएको आर्थिक संकटमा पनि गरिब देशलाई उपयुक्त सहयोग नगरेको उहाँको भनाई छ ।सम्मेलनमा विकासशील देशका नेताहरुले नयाँ तथा बलियो जलवायु योजनाका लागि आर्थिक सहयोगको खाँचो रहेकोमा जोड दिएका छन् ।

Share.

Leave A Reply