play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना हुने

0

मंसिर २७, २०७७ शनिबार
पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना हुने भएको छ ।ग्रामीण क्षेत्रमा आवश्यक घरेलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पुर्याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गएको आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान थालिएको छ ।यस वर्ष तीन वटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतिरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष वडा नं ८ ठानामौला, वडा नं १ कार्किनेटा र वडा नं ४ चुरीमा उद्योग स्थापना सुरु गरिएको छ ।हरेक उद्योगका लागि आवश्यक सामग्री नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले जानकारी दिनुभयो । घरेलु औजार उद्योगमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हँसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुँडा, हलो, तथा तामाका भाँडाकुँडा निर्माण हुने छन् ।

जसले आयातीत वस्तुलाई विस्थापन गरी विपन्न नागरिकको आयआर्जनमा सुधार हुने विश्वास लिइएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकामा १०९ आरन व्यवसाय छन् । नगरपालिकाले ३६ लाख रुपैयाँ विनियोजन गरेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवर्द्धनको कामअघि बढाएको नगरप्रमुख शर्माले बताउनुभयो ।

Share.

Leave A Reply