play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पर्सामा एक जना पुरुषको शव फेला

0

२७ मंसिर,

पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो ।बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो । गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ । रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।पैसाका लागि उनको हत्या भएको हुनसक्ने आंशका गरिएको छ । मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् । शुक्रबार नै भाञ्जीको बिहे थियो ।विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ ।सुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।

Share.

Leave A Reply