मङ्सिर २६, यो वर्षको मंसिरमा थुप्रै जोडीले लगनगाँठो कसे। पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्षको लागि आज अर्थात् २६ मंसिर नै बिहेको अन्तिम लगन हो। मंसिर महिनामा १६, २१, २२ र २६ गते लगन थियो।
अब यो वर्षभर बिहेको लगन छैन। लगनको अन्तिम दिने बिहे गर्नेको घुइँचो लागेको छ। काठमाडौंको भद्रकाली परिसरमा आज एक पटकमा करिब ५० वटासम्म बिहे भइरहेका छन्।