चितवन मेडिकल कलेजमा नवलपरासीका कोरोना संक्रमितको निधन

0
चितवन मेडिकल कलेजमा नवलपरासीका कोरोना संक्रमितको निधन

चितवन मेडिकल कलेज 

मंसिर २७, चितवन ।  चितवनमा कोरोना संक्रमितको ५६ बर्षिय पुरुषको निधन भएको छ । भरतपुर महानगरपालिका १० स्थित चितवन मेडिकल कलेजमा उपचारत नवलपरासी कावासोती नगरपालिका १६ का ५६ बर्षिय भिम प्रसाद धरेलको निधन भएको अस्पतालले जनाएको छ । निमोनियाका समस्या भई अस्पताल आएका उनको मंसिर १० गते कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या आएपछी मंसिर १६ गते अस्पतालको कोबिड आईसीयुमा भर्ना गरी उपचार भईरहेकोमा आज बिहान ११ः४५ बजेको समयमा निधन भएको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply