play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

चितवनका सहकारीहरु उत्पादनमूलक क्षेत्रमा लाग्न आवश्यक:रेनु दाहाल

0

मंसिर २७, चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनका सहकारीहरु अब उत्पादनमूलक क्षेत्रमा लाग्न आवश्यक भएको बताएकी छन् । जिल्ला सहकारी संघको ३४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले चितवनका सहकारी संस्थाहरू सक्षम र प्रतिस्पर्घी हुनपर्ने बताइन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी दाहालले ‘अब सहकारीहरु हिजोको जसरी चल्न हुँदैन, बचत गर्ने, ऋण दिन यसमा मात्र सहकारीहरु सीमित हुन हुँदैन । सहकारीहरु पनि उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल

भरतपुर महानगर प्रमुख रेनु दाहाल

रोजगारी सिर्जनामा, विपन्नहरुको जीवनस्तर उकास्नमा सहकारीहरु लाग्नुपजर्ने बताईन । जिल्ला सहकारी संघको सभाहलमा भएको सो कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्र सञ्चालित सबै खालका सहकारी संस्थाहरूको विधिसम्बत् ढंगले चल्नुपर्ने उनको भनाई छ । उनले ‘महानगरको तर्फबाट पनि सहकारीहरुको नियमन र अनुगमन भइरहेको तथा सहकारीहरूलाई संस्थागत ढंगले अगाडि बढाउन विभिन्न अनुदान तथा संस्थागत क्षमता बृद्धिका लागि सहयोग गरिरहेको बताइन् । प्रमुख दाहालले सहकारीहरू मर्जमा जानुपर्ने पनि बताइन् । कुल ग्राहस्थ उत्पादन र उत्पादकत्व बढाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । प्रमुख दाहालले सहकारी क्षेत्रलाई यसलाई अझै व्यवस्थित बनाएर घर घरमा रोजगारी सृजना गर्ने काममा केन्द्रित हुन सहकारी संघसंस्थाहरूलाई आग्रह गरिन्। उनले भरतपुर महानगरपालिकाको तर्फबाट सहकारीको विकासमा सधैँ सहयोग भइरहने बताइन् ।

Share.

Leave A Reply