play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माडिमा माघ ३ गतेबाट दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता हुने

0

मंसिर २६,सिनर्जी डेस्क।  माडिमा आउदो माघ ३ गतेबाट दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर बजार चितवनको आयोजनामा आउदो माघ १० गते सम्म चल्ने प्रतियोगितामा चितवन, पर्सा, मकवानपुर, रुपन्देही, पोखरा र काठमाडौंका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु बसन्तपुर खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले उपाधि सहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख हात पार्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डले जनही ५–५ हजार हात पार्नेछन् भने सर्वाधिक गोलकर्तालाई ७५ ०० प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही नगद ३५००–३५०० सहित पुरस्कृत गरिनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ३००० रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ ।

Share.

Leave A Reply