play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सरकारविरूद्ध २९ गतेको सडक प्रदर्शनमा कांग्रेस नेताहरु देशैभर पुग्ने :चितवनको बिरोधसभालाइ रामशरण महतले सम्बोधन गर्ने

0

मंसिर २६, सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चितवन जिल्लामा हुने बिरोधसभालाइ रामशरण महतले सम्बोधन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्नुहुनेछ ।आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले आउँदो सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गर्न लागेको हो ।ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।पछिल्लो समय राजावादीहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेपछि झस्किएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन विभिन्न नारा नै तय पनि गरेको छ ।नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता विषय समेटिएका छन् ।

Share.

Leave A Reply