play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

माघकाे दोस्रो साताबाट महिला लिग सुरु गर्ने एन्फाको तयारि

0

मङ्सिर २६, अखिल नेपाल फुटबल संघ (एन्फा)ले माघकाे दोस्रो साताबाट महिला लिग सुरु गर्ने भएको छ ।एन्फाको कार्य समिति बैठकबाट पारित वार्षिक कार्यक्रम अनुसार एन्फाले महिला लिग माघ ७ बाट संचालन गर्ने तयारी गरेको हो ।एन्फा महिला विभाग प्रमुख हरि खड्काले माघ दोस्रो साताबाट महिला लिग संचालनमा आउने जानकारी गराए ।यसअघिनै जिल्ला छनोट तथा नगर छनोटसँगै ४ टोली तयार गरेको एन्फाले फाइनल चरणमा विभागीय ३ टोली सहित ७ टोलीलाई महिला लिगमा प्रतिस्पर्धा गराउन लागेको छ ।यसअघि रुपन्देहीमा भएको छनोट प्रतियोगिताबाट आयोजक चन्द्रपुर नगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र विराटनगरपालिका प्रतियोगिताको लागि छनोट भएका थिए ।


महिला विभाग र एन्फाले गत बैशाखमा प्रतियोगिता संचालनमा ल्याउने तयारी गरेपनि कोरोना महामारिपछि प्रतियाेगिता स्थगित भएकाे थियाे ।एन्फाले हाल मौखिक रुपमा प्रतियोगितामा सहभागी ४ टिमलाई तयारीका लागि बताएपनि केही दिनमा पत्राचार गर्ने बताएकाे छ ।सरकारले खेलकुद क्षेत्रको प्रशिक्षण सुरु गर्न स्विकृती प्रदान गरेसँगै विभागीय तीन टिम (आर्मी, पुलिस र एपीएफ) ले प्रशिक्षण सुरु गरिसकेका छन् ।

Share.

Leave A Reply