play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

२६ मंसिर, चितवन ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदैछ ।प्रहरीका अनुसार बोलेरो आफैं अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । त्यसपछि करेन्ट सर्ट भएको थियो । बोलेरो घटनास्थलमा रहेको तर बाटो अबरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply