सुनचाँदीको भाउ स्थिर रहदै

0

मंसिर २६, २०७७ शुक्रबार
हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ आज स्थिर छ ।सुन आज पनि हिजो जस्तै तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो । मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने सोमबार ९२ हजार ६ सय रुपैयाँ थियो ।हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेका छ । यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ ।

Share.

Leave A Reply