एन्फाको कार्यसमिति बैठक सम्पन्न : राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने

0

मङ्सिर २५, अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बिहिबार सम्पन्न भएको छ ।बिहिबार ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकमा डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो ।बैठकले एन्फा क्लब लाईसेन्सिङ्गका मापदण्डहरु पारित गर्दै अघि बढेको थियो ।बैठकले एन्फाका विभिन्न विभागका रणनीतिक योजना अनुमोदन गर्दै युवा विकास परियोजना पारित गर्नेदेखि विश्वकप छनोटको व्यवस्थापनको बिषय टुङ्गो लगाएको थियो ।एन्फाको कृत्रिम घाँसे मैदानमा फ्लडलाईट जडानदेखि कास्कीस्थित एन्फाको बहुउद्धेश्य फुटबल टेक्निकल सेन्टर निर्माणको टेण्डर आह्वान गर्ने निर्णय भएको छ ।


यसैबीच राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने भएका छन् ।सोहि कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।लामो समयदेखि तलब बढ्न नसक्दा खेलाडीहरु असन्तुष्ट थिए ।राष्ट्रिय पुरुष टिमका खेलाडीले यसअघि मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीलेनै राख्दै आएका थिए ।एन्फा कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

Share.

Leave A Reply