सिनर्जी डेक्स
मङ्सिर २५, राष्ट्रिय किसान आयोगको टोलिले विहिवार तरबुजा खेती नष्ट गरेका किसान संग भेट गरेको छ । राष्ट्रिय किसान आयोगका विज्ञ तथा सदस्य उदय चन्द्र ठाकुरको नेतृत्वमा आएको टिमले भरतपुर महानगरपालिका– २५ अमृतनगर कृषिचोक स्थित नोबेल एग्रिकल्चर फर्मका सञ्चालक कृष्ण प्रसाद न्यौपानेको बारीमानै पुगेर तरबुजा ट्र्याक्टर लगाएर नष्ट गर्नुको कारण बारे जानकारी लिएको हो । प्रधानमन्त्रि कृषी आधुनिकरण परियोजना कार्यन्वयन ईकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सिनाले किसान र आयोगका प्रतिनिधि लाई समन्वय गराउनु भएको थियो ।
न्यौपानेले १५ लाखभन्दा बढी खर्च गरेर ६ बिघा जमिनमा लगाएको तरबुजाले बजार नपाए पछि नष्ठ गरेको समाचार सिनर्जी एफ।एमले प्रसारण गरेको थियो । उनले प्रति केजी २० रुपैयाँ लागत पर्ने उत्पादन १० रुपैयाँमा लैजाऊ भन्दा पनि व्यापारीले नलगेर तरबुजाबारीमा ट्र्याक्टर लगाएका थिए । यो टोलिले धानको समर्थन मुल्य तोकीएपछि सप्तरी देखि पर्सा सम्मको अवस्था बारेमा समेत जानकारी लिएर काठमाडौ फर्कीएको छ ।