play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

संवैधानिक परिषदको बैठक मंसिर २८ गते बस्ने

0

मंसिर २५, काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

मंसिर २८ गते आइतबारका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।

Share.

Leave A Reply