play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

बाढी–पहिराेले बिगारेका सडक बनाउन १ अर्ब ५० कराेड रुपैयाँ माग

0

मंसिर २५, काठमाण्डाै । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गएकाे वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरेका हाैँ ।’

सडक र पुल नै बगाएको ठाउँमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका ठाउँमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।’

उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । अरनिको राजमार्गको बाह्रबिसेदेखि भन्सारसम्मको सडक पुनर्स्थापना गर्नुपर्ने छ ।

सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत बर्सेनि नियमित रूपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत हुँदैछ ।

 

Share.

Leave A Reply