२४ घण्टामा १२१७ काेराेना सङ्क्रमित थपिए, १०६४ जना डिस्चार्ज

0

मंसिर २५, काठमाण्डाै , नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेकाे छ । बिहीबार थप एक हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ ।

अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय १५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १२ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ६३ पुगेकाे छ ।

 

Share.

Leave A Reply