play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

वेष्ट इण्डिजका क्रिस गेलले युएस ओपन खेल्ने

0

मङ्सिर २५, वेष्ट इण्डिजका ‘युनिभर्स बोस’ क्रिस गेलले युएस ओपन टी ट्वान्टी प्रतियोगिता खेल्ने भएका छन् ।युएस ओपन टी ट्वान्टी प्रतियोगिता डिसेम्बर १५ देखि २० सम्म सेन्ट्रल ब्रोयार्ड पार्कमा हुनेछ ।गेलले यस प्रतियोगितामा एटलान्टा पारम विर्सबाट खेल्ने छन् । गेलको यो प्रतियोगितामा पहिलो सहभागिता हुनेछ ।गेलसंगै टिममा केहि अरु ठुला नाम समेत रहेका छन् ।गेलले अन्तिम पटक इन्डियन प्रिमियर लिगमा खेलेका थिए । त्यसयता उनी क्रिकेट बाहिर रहेका छन् ।


एटलान्टाको कप्तानीमा रायद इम्रिट रहेका छन् । जसले क्यारिबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिज पेट्रियटसको समेत कप्तानी सम्हालेका थिए ।न्युजिल्याण्डका पुर्व क्रिकेटर कोरी एन्डरसनले समेत पहिलो पटक अमेरिकाको क्रिकेटको स्वाद यसै प्रतियोगिताबाट लिदैछन् ।युएस ओपन टी ट्वान्टी क्रिकेटमा ८ टिमको सहभागिता रहने छ ।सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै खेलिने प्रतियोगितामा समुहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन् ।१२ औं संस्करणको यस प्रतियोगितामा स्टार क्रिकेटरको सहभागिता रहने छ ।

Share.

Leave A Reply