play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

बिग बास खेल्न शन्दीप मंगलबार अष्ट्रेलिया जाने

0

मङ्सिर २५, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आगामी मंगलबार अष्ट्रेलिया जाने भएका छन् ।सन्दिपका म्यानेजर रमेश सिवाकोटी सन्दीप बिग बासमा सहभागी हुन डिसेम्बर १५ मा अष्ट्रेलिया प्रस्थान गर्ने बताएका छन् ।सन्दीपले यस सिजन होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दैछन् ।


सन्दीप कतार एयरवेजमा बिहान ११ गते काठमाडौंबाट उड्नेछन् । सन्दीप भोलिपल्ट एडिलेट पुग्नेछन् । उनले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसपछि उनी आफ्नो टिमसंग जोडिन पाउनेछन् ।बिग बासको नयाँ सिजन आज बाट सुरु हुदैछ । पहिलो खेलमै सन्दीपको टिम होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससंग खेल्नेछ ।

Share.

Leave A Reply