play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालको फिफा वरियता यथावत

0

मङ्सिर २५, विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ ।फिफाले बिहिबार सार्वजनीक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ ।पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो ।नेपाल सहितका दक्षिण एसियाली देशले अन्तराष्ट्रिय फुटबल खेल्ने पाएका छैनन् । सोही कारण सबैको वरियता यथावत रहेको छ ।तर बंगलादेश वरियतामा दुई स्थान तल झरेको छ । गत हप्तामात्र बंगलादेशले विश्वकप छनोटमा कतारसंग खेल गुमाएको थियो । सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो ।


दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल रहेकाे दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ । यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ ।विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो ।विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन । वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।

Share.

Leave A Reply