play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

२०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्तस् प्रकाशमान सिंह

0

मङ्सिर, २५

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनुपर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता व्यक्त गर्दै अहिले मूल्य मान्यताभन्दा पनि पावर, मनी मसलको प्रयोग हुनु निकै दुखद भएको बताए । जसले जनतामा निराशा छाएको भन्दै यो निकै गम्भीर बिषय भएको सिंहको भनाइ छ ।वर्तमान सरकार संविधान र संघीयताको मर्म विपरित हिँडेको समेत उनले बताए ।विहीबार काठमाडौं ३१ का नेपाली काँग्रेस इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोकसभामा नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघीयताको अनुकूल नभएको आरोप लगाए ।संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संघकै प्रशासनिक निकायको व्यवहार गरेकोमा उनको आपत्ति छ । सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाइ छ ।प्रमुख प्रतिपक्षी दल काँग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै नेता सिंहले १३ औं महाधिवेशनपछि काँग्रेस कमजोर भएको टिप्पणी गरे । १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए ।समयमै महाधिवेशन गर्दै काँग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो । सिंहले लोकतान्त्रिक दल विधान बमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेको बताए ।कार्यक्रम काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा, महासमिति सदस्य सुरज चन्द्र लामिछानेले स्व कोइरालाबारे चर्चा गरेका थिए ।

Share.

Leave A Reply