play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित सहन प्रधानलाई बधाई तथा सम्मान

0
भरतुर महानगरपालिकाका प्रमुख र सहनलाल प्रधान

भरतुर महानगरपालिकाका प्रमुख र सहनलाल प्रधान

सिनर्जी डेक्स, २४ मंसिर ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भएका सिनर्जी एफ.एमका प्रवन्ध निर्देशक एवम् उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानलाई बधाई तथा सम्मान गरिएको छ ।
भरतपुर महानगर र उद्योग वाणिज्य संघ चितवनले बुधबार फरकफरक कार्यक्रमको आयोजना गर्दै उहाँलाई सम्मान तथा बधाई व्यक्त गरेका हुन् । महानगर प्रमुख रेनु दाहालले प्रधानलाई सम्मान तथा बधाई व्यक्त गर्दै प्रधानको विजयले महानगरको समृद्धिमा समेत योगदान पुग्ने अपेक्षा व्यक्त गर्नु भएको छ । देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहेको छ । दाहालले भन्नु भयो – ‘महानगरपालिका भित्रकै व्यक्ति नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य हुनु हामीलाई
फाईदा जनक हो। ‘ उहाँले प्रधानको सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

यस्तै बुधबारनै उद्योग वाणिज्य संघ–चितवनले पनि प्रधानलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । सम्मान कार्यक्रममा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँगको बलियो समन्वय, सहकार्य र सहयोगका कारण चुनाव जित्न सफल भएको बताउनु भयो ।  कार्यक्रममा अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यकारिणी समिति सदस्यले यस क्षेत्रको आर्थिक सम्भावनालाई उजागर गर्दै उवासंघको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने, कोभिडका कारण क्षतविक्षत भएको व्यवसायिक क्षेत्रलाई पूर्वअवस्थामा ल्याउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको थियो ।

उद्योग वाणिज्य संघ–चितवनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम

उद्योग वाणिज्य संघ–चितवनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम

सम्मान ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य एवम् सिनर्जी एफ.एमका प्रवन्ध निर्देशक सहनलाल प्रधानले निर्वाचनको परिणामले आफूलाई थप जिम्मेवारी प्रदान गर्नुका साथसाथै निजी क्षेत्रका लागि केही गर्ने सुअवसर प्रदान गरेको बताउँनु भएको थियो । उहाँले व्यवसायिक समस्यालाई सम्बन्धित निकायसम्म बहस पैरवी गर्ने सन्दर्भमा होस् वा जिल्ला नगर उवासंघहरुको विकासमा होस् आफू अनवरत रुपमा लागि रहने बताउनु भयो । जिम्मेवारी संगैको सम्मान र बधाईले आफूलाई थप उत्तरदायी बनाएको बताउँदै प्रधानले निर्वाचनमा सफलता प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, उवासंघका पदाधिकारी, कार्यसमिति, शुभचिन्तक ,सचिवालयका कर्मचारीलगायतलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ सम्म काठमाडौँमा सम्पन्न साधारण सभाबाट प्रधान बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Share.

Leave A Reply