मङ्सिर २४, भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई सम्मान गरेको छ । महानगरपालिकाले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रिय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएकोमा अध्यक्ष प्रधानलाई सम्मान गरेको हो । आज महानगर प्रमुख रेनु दाहालले प्रधानलाई सम्मान गरेकी हुन् ।सम्मान गर्दै प्रमुख दाहालले विकासको स्थानिय तह देखी प्रान्तीय एवम् केन्द्रिय तह सम्म मात्र नभई देशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको ठुलो भूमिका रहने बताईन् ।
चितवन जिल्लाको प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित हुन सफल भएकोमा प्रधानको जीतले सिंगो महानगरले गौरवको अनुभुति गरेको उनले भनिन् । दाहालले संघका अध्यक्ष राजु श्रेष्ठ, उद्योग वाणिज्य संघ–चितवन परिवार एवम् महासंघको सिंगो निर्वाचित परिवारलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेकी थिईन ।