play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

गौतमवुद्ध कप क्रिकेटको पहिलो खेलमा बागमती र नारायणी भिड्ने : प्रतियोगिता हेर्न नि:शुल्क पाइने

0

मङ्सिर २४, चितवनको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा गौतमवुद्ध कप २०२० क्रिकेट प्रतियोगिता हुँदैछ । बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मंसिर २७ गते शुक्रबारबाट प्रतियोगिता शुरु हुँदैछ। प्रतियोगिताका खेलहरु निर्माणाधिन रंगशालाको नमुना मैदानमा हुनेछ ।प्रतियोगितामा सहभागीता जनाउने ३ टोली घोषणा भएको छ । आयोजक बागमती प्रदेश क्रिकेट संघले आज प्रतियोगितामा सहभागीता जनाउने ३ वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम बागमती, टिम नारायणी र टिम राप्तीले सहभागीता जनाउने संघका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।बागमतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान पुर्व राष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा बिनोद भण्डारी रहेका छन् । सबै टिम राष्ट्रिय खेलाडीले भरिपूर्ण रहेका छन् ।


प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते ज्ञानेन्द्र मल्लको बागमती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मंसिर २८ गते बागमती र बिनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शिर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जनाएको छ ।प्रतियोगिता हेर्नका लागि प्रवेश नि:शुल्क गरिएको छ । तर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यानजर गर्दै दर्शकहरुले मास्क अनिवार्य लगाउनु पर्ने तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अधिकारीले बताए ।प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने बागमती प्रदेश प्रदेस खेलकुद बिकास समिति र भरतपुर माहानगर पालिकाको आर्थिक सहयोग गर्नेछ । कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुन: चलायमान गर्नका लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

Share.

Leave A Reply