play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

चितवनमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

0

मङ्सिर २४, चितवनमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका अनुसार जिल्लाभर आज सम्म संक्रमितको संख्या ६ हजार १६ पुगेको हो । जसमध्ये पुरुष ३ हजार ५ सय ९५ जना छन् भने महिला २ हजार ४ सय २० जना छन् ।चितवनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य सबै भन्दा धेरै भरतपुर महानगरपालिका भित्रका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरभित्र मात्रै कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ७० पुगिसकेको छ ।रत्ननगर नगरपालिकामा अहिलेसम्म ७ सय २५ जनामा कोरोना देखिएको छ । खैरहनी नगरपालिकामा ३ सय ८८, राप्ती नगरपालिकामा ३ सय ६, कालिका नगरपालिकामा १ सय ८० र माडी नगरपालिकामा १ सय ११ जनामा कोरोना देखिएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ३६ जनामा कोरोना पुष्टि भएको छ ।

Share.

Leave A Reply