बुटवलमा वडाध्यक्षकै मिलेमतोमा सरकारी जग्गा बिक्री गरेको खुलासा

0

मङ्सिर २४, बुटवलमा वडाध्यक्षकै मिलेमतोमा सरकारी जग्गा बिक्री गरेको खुलासा भएको छ।विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा २ वर्ष अघि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर बेचेको खुलासा भएको हो ।विद्यालयको जग्गामा अहिले पक्की घर छ । बुटवल उपमहानगरपालिका वडा नं. १७ रानीगञ्जमा रहेको जनशक्ति नमुना भीमप्रसाद गोमाता न्यौपाने प्राविको जग्गामा व्यक्तिको घर बनेको हो ।२०७४ साल फागुन ६ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर भीमप्रसाद न्यौपानेलाई उक्त जग्गा बेचिएको थियो ।

विद्यालयको जग्गा मिचेर व्यक्तिले घर बनाएको थाहा पाएपछि विद्यालयले वडा कार्यालयमा निवेदन दिएपछि घटना बाहिर आएको हो ।विद्यालय व्यवस्थापन समितिको बैठक बस्दा वडा अध्यक्षको पनि जग्गा बेच्ने सहमति भएको प्रष्ट देखिन्छ ।तर वडा अध्यक्ष सन्तबहादुर रानाले विद्यालयमा रहेका निजी शिक्षकको लागि तलब दिनका लागि भन्दै विद्यालय व्यवस्थापन समितिले बेच्ने निर्णय गरेको बताउनुभयो ।

Share.

Leave A Reply