play_circle_outline On Air

स्वुईट होम

play_circle_outline On Air

स्वुईट होम

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी

0

मङ्सिर २४, नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ । उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।ओलीले प्रचण्डले पेश गरेको दस्तावेज प्रतिवेदन नभई आरोपपत्र मात्र भएको र यस विषयमा पार्टी कमिटीमा छलफल गर्न नसकिने बताउँदै आएका छन् । उनले प्रचण्डको प्रस्तावमा छलफल नगर्न स्थायी कमिटीलाई समेत पत्र पठाएका थिए ।

Share.

Leave A Reply