play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

भारतीय विकेट किपर पार्थिव पटेलद्वारा सन्यासको घोषणा

0

मङ्सिर २४, भारतीय विकेट किपर ब्याट्सम्यान पार्थिव पटेलले सबै ढाँचाको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।३५ वर्षिया विकेट किपर ब्याट्म्यानले बुधबार ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।उनले १८ वर्ष क्रिकेट करियरमा लगाए । उनले भारतका लागि २५ टेष्ट, ३८ एक दिवसीय र २० टी–ट्वान्टी अन्तराष्ट्रिय खेले । उनले आफ्नो अन्तिम टेष्ट सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध जोहानिसबर्गमा खेलेका थिए ।

सौरभ गांगुलीको कप्तानीमा १७ वर्ष १ सय ५२ दिनमा टेष्ट क्रिकेटमा डेब्यु गरेका पार्थिव पटेलले करियरमा ३१ द्यशमलव १३ को औसतमा ९ सय ३४ रन बनाएका थिए । जसमा ६ अर्धशतक पनि छ । उनले ६२ क्याच लिदै १० स्टम्प पनि लिएका थिए ।उनले आईपीएलमा मुम्बई ईन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका थिए ।

Share.

Leave A Reply