play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको सहयोगका लागि स्टार क्रिकेट हुने

0

मङ्सिर २४, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्धेश्यले स्टार क्रिकेट २०२१ नामक प्रतियोगिता आयोजना हुने भएको छ ।‘निर्माणका लागि खेलौ’ भन्ने नाराका साथ माघको अन्तिम साता राष्ट्रिय क्रिकेट खेलाडी र स्टार कलाकारबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।खेल आउँदो माघ २४ गते आयोजना गरिने बताईएको छ ।गृष्मा ब्रोडकास्टिङको आयोजनाको जिम्मेवारी लिएको प्रतियोगितामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्य पनि हुनेछ ।च्यारिटी खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र लोकप्रिय र चर्चित कलाकारको सहभागिता रहने छ ।


भरतपुरमा निर्माणाधीन रंगशाला निर्माण अभियानमा सहयोग गर्ने लक्ष्य सहित मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले बताएको छ ।राष्ट्रिय क्रिकेट टिमबाट पारस खड्का सहितका खेलाडीहरु मैदान उत्रनेछन् भने कताकारतर्फ सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल र नरेश पौडेल लगायत रहनेछन् ।चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणको काम गर्दै आएको छ ।आर्थिक अभावका बीच फाउण्डेशनले रंगशाला निर्माण कार्य तिब्र गति अघि बढाउँदै आएको छ । प्यारापिटतर्फ सबै स्ट्याङ्को पिल्लर उठाउने काम सकिएको छ । यस्तै, मुख्य मैदानको काम समेत ८५ प्रतिशत पुरा भएको छ । मुख्य मैदानमा ७ वटा अन्तराष्ट्रिय पिच हुने बताईएको छ ।

Share.

Leave A Reply