play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको रोनाल्डोको भनाइ

0

मङ्सिर २४, क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफुले कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् ।च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताए ।रोनाल्डोको दुई गोल र वेस्टन म्यानकेनीको एक गोलको सहयोगमा युभेन्ट्सले समूह जीको खेलमा मंगलबार राति बार्सिलोनालाई ३–० ले हराएको थियो ।

खेलमा मेस्सीले युभेन्ट्सविरुद्ध ११ आक्रमण गरेका थिए । जसमा ७ प्रहार पोस्टभित्र थिए । तर रोनाल्डोविरुद्धको खेलमा मेस्सी पराजित बने ।

रोनाल्डोले ९ सिजन रियल मड्रिडबाट ला लिगामा खेलेका थिए ।

खेलपछि रोनाल्डोले सर्वकालिन महान दुई खेलाडीबीच कुनै प्रकारको प्रतिद्धन्दीता नरहेको बताए ।

‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए ।’ युभेन्ट्सका स्टारले भने ।

‘मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसंग बाँडेको छु । मैले कहिल्यै प्रतिद्धन्दीको रुपमा उनलाई हेरिन ।’ उनले थपे ।

‘उनी सधै आफ्नो टिमलाई राम्रो गर्न कोशिश गर्छन् । म त्यही गर्छु । मैले सधै उनलाई राम्रो तरिकाले पाएको छु ।’ रोनाल्डोले भने ।

‘तर हामी जान्दछौ, फुटबलमा, मिडियामा, देखाउनका लागि, एक प्रतिद्धन्दीको माग हुने गर्छ । तर मैले सधै उनीसंग राम्रो व्यवहार गरेको छु । तर सधै उनलाई त्यसरीनै देख्छु ।’ उनले थपे ।

मेस्सीले अन्य खेलाडी भन्दा बढी आक्रमण युभेन्ट्सको पोस्टमा गरे । तर उनी गोल गर्न सफल रहन सकेनन् ।

तर रोनाल्डोले दुई गोल गर्दै च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरे ।

‘बार्सिलोना कठिन समयबाट गुज्रिरहेको छ । तर उ अझै बार्सिलोनानै हो ।’ रोनाल्डोले भने ।

‘साँचो यही हो कि हामी धेरै खुसी छौ । हामीलाई थाहा थियो, यो असम्भव मिसन थियो । यो एक जटिल मिसन थियो । तर हामीले राम्रो खेल्यौ ।’ उनले भने ।

युभेन्ट्स सिरि एमा समेत यस सिजन अपराजित छ । तर उसले १० खेलमा बराबरी खेलेको छ र तालिकाको छैटौं स्थानमा छ । टुरिन क्लब शीर्ष स्थानको मिलान भन्दा ६ अंकले पछि छ ।

Share.

Leave A Reply