play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

उवासंघ–चितवनद्वारा निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई बधाई ज्ञापन

0

मङ्सिर २४, उद्योग वाणिज्य संघ–चितवनले संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधानलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको काठमांडौमा हालै सम्पन्न ५४ औं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट केन्द्रिय कार्यकारिणि समिति सदस्यमा निर्वाचित हुनु भएकोमा सहनलाल प्रधानलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बधाई ज्ञापन गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनको विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ संगको बलियो समन्वय, सहकार्य र सहयोगका कारण चुनाव जित्न सफल भएको बताउनु भयो ।
उहाले संघका पुर्वअध्यक्ष, कार्यसमिति सदस्य, पदाधिकारी एवम् शुभचिन्तकहरुको सहयोग र सद्भावले पनि सफलता हासिल गर्नमा मद्दत पुगेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नवनिर्वाचित कार्यकारिणि समिति सदस्यले यस क्षेत्रको आर्थिक सम्भावनालाई उजागर गर्दै उवासंघहरुको क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्ने , कोभिडका कारण क्षतविक्षत भएको व्यवसायीक क्षेत्रलाई पुर्वअवस्थामा ल्यान सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउंदै उहा“ लगायत नवनिर्वाचित महासंघका अध्यक्ष,पदाधिकारी, केन्द्रिय सदस्य, प्रदेश सदस्य लगायत सवैलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।


सम्मान ग्रहण गर्दै संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणि समिति सदस्य सहनलाल प्रधानले निर्वाचनको परिणामले आफुलाई थप जिम्मेवारी प्रदान गर्नुका साथसाथै निजी क्षेत्रका लागि केहि गर्ने शुअवसर प्रदान गरेको बताउंदै व्यवसायीक समस्यालाई सम्बन्धित निकाय सम्म वहस पैरवी गर्ने सन्दर्भमा होस् वा जिल्ला नगर उवासंघहरुको विकासमा होस् आफु अनवरत रुपमा लागि रहने बताउनु भयो । उहा“ले निर्बाचनमा सफलता प्रदान गर्नका लागि सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, उवासंघका पदाधिकारी , कार्यसमिति, शुभचिन्तक ,सचिवालयका कर्मचारि लगायत लाई धन्यवाद ज्ञापन गर्नु भयो ।कार्यक्रममा सम्मानित ब्यक्तित्व प्रधानले संघका बर्तमान अध्यक्ष राजु श्रेष्ठको अथक प्रयास र दुरदर्शि निर्णयका कारण सफलता प्राप्त गर्न सहज भएको बताउंदै अध्यक्ष श्रेष्ठ प्रति हार्दिक आभार ब्यक्त गर्नुभयो । बधाई ज्ञापन एवम् सम्मान कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधान, डा. तिलचन्द्र भट्टराई लगायतले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । संघको ईतिहांसमा नेउवामहासंघको संस्थापक सदस्य समेत रहेको उद्योग वाणिज्य संघ–चितवनले २०२४ साल देखी हाल सम्म करिब सबै कार्यकालमा चितवनको प्रतिनिधित्व गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । यहि मंसीर ११ देखी १३ गते सम्म काठमांडौमा सम्पन्न भएको महासंघको निर्वाचनमा संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधानले बागमती प्रदेशको तर्फबाट निर्वाचित हुनुभएको संघको सचिवालयले जनाएको छ । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालन गर्नुभएको थियो ।

Share.

Leave A Reply