play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

‘सी बीच’ मोडलमा बन्ने नारायणी किनारको लागि ६ करोडको टेण्डर आह्वान

0

मङ्सिर २४, चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा ‘सी बीच’ निर्माणका लागि बोलपत्र आह्वान गरीएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो ।

पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि आज टेण्डर आब्हान गराएको छ ।


डेढ बर्षभित्र काम सम्पन्न गर्ने योजनाका साथ झण्डै ६ करोडको टेण्डर आब्हान गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन् । २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाँउमा पार्किङ स्थल र गार्डेनिङको निर्माण पहिलो चरणमा हुने प्रमुख दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाले २३ करोडको लागत सहितको गुरुयोजना निर्माण गरिसकेको छ । ग्रिट कन्सल्टले निर्माण गरेको गुरुयोजना महानगरपालिकाबाट स्वीकृत भइसकेको उनले बताईन् ।

नदी किनारमा ‘सि बिच’ निर्माण पछी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनले बताईन्।

Share.

Leave A Reply