play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

अझै तीन दिन मौसम बदली हुने ,न्यूनचापीय प्रणालीको प्रभाव कायमै

0

मंसिर २४,चितवन । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन मौसम बदली हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भू-भागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए। हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू(भाग तथा प्रदेश नं २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका भू(भागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ ।

Share.

Leave A Reply