play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

सात सय रुपैयाँले घट्यो सुनको मुल्य , हेर्नुृहोस यस्तो छ आजको मुल्य

0

मंसिर २४,चितवन । केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply