play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अष्ट्रेलियाका डेभिड वार्नरले भारतविरुद्धको पहिलो टेष्ट खेल गुमाउने

0

मंसिर २४,चितवन । अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको पहिलो टेष्ट खेल गुमाउने भएका छन् ।वार्नरले चोटका कारण सुरुवाती टेष्ट खेलमा उपलब्ध नहुने अष्ट्रेलियाले जनाएको छ ।सिड्नीमा भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी गुमाएका थिए । एकदिवसीयसंगै टी ट्वान्टी गुमाएका वार्नर टेष्टमा फर्किने बताइएको थियो ।

वार्नरलाई ’ग्रोइन स्ट्रेन’ भएको र १८ दिनको आराम आवश्यक रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको थियो । तर वार्नरलाई थप रक हप्ता रिहाबमा राख्नु पर्ने भएकाले पहिलो टेष्ट गुमाउने पक्का भएको हो ।वार्नरको स्थानमा डिआर्सि सर्टलाई टिममा अष्ट्रेलियाले बोलाएको थियो ।
एडिलेइडमा डिसेम्बर १७ देखी टेष्ट सिरिज सुरु हुँदै छ । यद्दपी वार्नर मेलबर्नमा हुने दोस्रो टेष्ट खेलमा भने उपलब्ध हुने बताइएको छ ।वार्नर नहुँदा अष्ट्रेलियालाई धक्का लागेको छ । वार्नर बिनाको अष्ट्रेलियाले टी ट्वान्टी सिरिज समेत २(१ ले गुमाएको थियो । वार्नर नहँदा अष्ट्रेलियालाई ओपनिङ ब्याट्सम्यानको खाँचो भएको छ ।

Share.

Leave A Reply