play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

१०० दिनमा १० करोडलाई कोरोना विरुद्धको खोप दिइने बाइडेनको भनाइ

0

मंसिर २४,चितवन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथार कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए ।आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग १०० दिन मास्क लगाउन आग्रह गरे ।


फाइजररबायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५५ लाख ८७ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ९३ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

Share.

Leave A Reply